मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अस्पतालभित्रै आत्महत्या गरे त्रिवि शिक्षण अस्पतालका अवकाश प्राप्त कर्मचारीले



काठमाडौं मंसिर, २४–

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन् ।

काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् ।

अस्पतालभित्रको गणेशमानसिंह नाक, कान, घाँटी रहेको भवन पछाडि रहेको टहरोमा झुण्डिएको अवस्थामा आइतबार राति ८ बजे बोहराको शव फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसार्इंले जानकारी दिए ।

बोहोरा सोही अस्पतालका पूर्वकर्मचारी हुन् । अस्पतालको अक्सिजन प्लान्ट शाखामा कार्यरत उनी ०६० मा अवकाश भएका थिए ।

रक्तचापबाट बिरामी बोहराले आत्महत्या गर्नुको कारण खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ । रासस

प्रकाशित मिति : २४ मंसिर २०७५, सोमबार  ६ : ५५ बजे