मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दयाहाङ राइको नयाँ चलचित्र ‘आप्पा’को प्रदर्शन मिती सार्बजनिक



मङ्शिर २३, काठ्माण्डौ-

चलचित्र ‘आप्पा’को निर्माण युनिटले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन मार्फत फिल्मको प्रदर्शन मिति र फस्ट लुक्स सार्वजनिक गरेको छ। फिल्म ०७५ जेठ २४ बाट प्रदर्शनमा आउने छ।

फिल्ममा अहिलेका हट केक अभिनेता दयाहाङ राई ‘आप्पा’ अर्थात् पिताको भुमिकामा देखिने छन्। एक ड्राइभर बुबाको भुमिकामा दयाहाङ चलचित्रको शिर्ष भूमिका मा रहनेछन्।

अनमोल गुरुङको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङसँगै तुलसी घिमिरे, अरुणा कार्की, सिद्धार्थराज तामाङ, अल्लोना काबो लेप्चालगायतको अभिनय रहेको छ।

प्रकाशित मिति : २४ मंसिर २०७५, सोमबार  २ : ३३ बजे