मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठ्माण्डौको गोङ्गबुबाट बिभिन्न ब्यक्तिका सय थान पास्पोर्ट सहित बैदेसिक रोजगारिका नामुद ठग पक्राउ



मङ्शिर २५, काठमाडौं-

काठमाडौंको महाराजगञ्ज प्रहरीले एक जनालाई १ सय थान राहदानीसहित पक्राउ गरेको छ।

विभिन्न देश पठाइदिने भनी रोल्पा, बुटबल, सल्यान, रुपन्देही, दाङलगायत जिल्लाका व्यक्तिहरुको १ सय थान राहदानी सहित दाङ घोराही–८ का २९ वर्षीय राकेश थारूलाई सोमबार राति पक्राउ गरी आज सार्वजनिक गरिएको हो।

प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले विभिन्न देश पठाउने भनी गोङ्गबुको कोहलपुर गेस्ट हाउसमा १ सय थान राहदानी लुकाएर राखेको अवस्थामा थारूलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका थारू वैदेशिक रोजगारमा हुने ठगिमा सम्लग्न रहेको प्रहरिको प्रा रम्भिक अनुशन्धान बाट खुलेको र थप अनुसन्धानका लागि थारूलाई वैदेशिक रोजगार विभाग पठाइएको महाराजगञ्ज प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २५ मंसिर २०७५, मंगलबार  २ : ३० बजे