मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालक अपहरण गरी फिरौती माग्ने ३ जना पक्राउ



भद्रपुर –

७ बर्सिय बालक अपहरण गरी फिरौती माग्ने ३ जनालाई प्रहरिले पक्राउ गरेको छ ।

अपहरण्पछी रकम मागेको आरोपमा झापाको गौरीगञ्जबाट मङ्गलबार प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गौरीगञ्ज–६ का बद्री यादव, गौरीगञ्ज–४ का श्रीप्रसाद मल्हा र उनकी श्रीमती अञ्जु मुखिया रहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले बताए ।

अपहरणकारीले सिमावर्ती भारतिय आलम परिवारका बालकको अपहरण गरेका थिय ।

अपहरणकारीले अपहरणपछि बालकको परिवारसँग रु १५ लाख फिरौती मागेका थिए । रकम तिर्न नसकेपछि आलमको परिवारले भारतीय प्रहरीको सहयोगमा इलाका प्रहरी कार्यालय गौरीगञ्जलाई खबर गरेका थियो ।

इलाका प्रहरी कार्यालय गौरीगञ्जको पहलमा नेपाल प्रहरीको टोलीले आलमलाई दमकको एउटा होटलबाट उद्धार गरी परिवारको जिम्मा लगाएको हो ।

प्रकाशित मिति : २६ मंसिर २०७५, बुधबार  ३ : २६ बजे