मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुरको गोदामचौरमा भएको बलात्कारमा पनि प्रहरीद्वारा बलात्कारको प्रमाण नष्ट, डिएनए म्याच भएन



२७ मंसिर, काठमाडौं–

एक वर्षअघि ललितपुरको गोदाजरी –१ गोदामचौरमा भएको सामुहिक बलात्कार घटनाका तीन फरार अभियुक्त गोदावरीमै पक्राउ परेका छन् । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।

अदालतले थुनामा राख्न आदेश दिएको १० महिनापछि रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई प्रहरीले बुधवार गोदावरीमै पक्राउ गरेको हो ।

निर्मला पन्तको हत्या प्रकरणमा जस्तै यो घटनाको अनुसन्धानमा पनि प्रहरीले लापरबाही गरेको छ । बलात्कारपछि एक सातासम्म पीडित युवती अस्पतालको आइसियुमा बेहोस थिइन् । त्यसवेलामा प्रहरीले चासो नदिँदा महत्वपूर्ण प्रमाण नष्ट भइसकेका थिए ।

प्रहरी अनुसन्धान चलिरहेका वेला अदालतले आरोपीहरुलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो । पछि डिएनएको रिपोर्ट अस्पष्ट आएको प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रकाशित मिति : २७ मंसिर २०७५, बिहिबार  ४ : १५ बजे