मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्रेटर नेपाल अभियान चलाउने फणीन्द्रलाई १ हजार जरिवाना गराउने फैसला



काठमाडौं मंसिर, २७–

ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाललाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले १ हजार जरिवाना गराउने फैसला गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आएका बेला गत भदौ १४ गते उनलाई पक्राउ गरेर ६ दिनसम्म हिरासतमा राखिएको थियो ।

नेपालले मोदीलाई एयरपोर्टमा कालो झण्डा देखाउने तयारी गरेपछि उनलाई चाबहिलस्थित निवास नजिकैबाट पक्राउ गरिएको थियो । पछि उनी एक हजार धरौटीमा छुटेका थिए ।

सोही घटनामा अहिले काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको एकल इजलासले एक हजार जरिवाना गर्ने फैसला गरेको हो । नेपालले ‘सार्वजनिक स्थानमा मुलुकी अपराध संहिता ऐन बमोजिम कसुर गरेको’ ठहर इजलासको छ ।

नेपालले आफूमाथिको जरीवाना हाँस्यास्पद र निर्लज्जतापूर्ण भएको प्रतिक्रिया दिएका छन् । यो फैसलाविरुद्ध अदालत जाने पनि बताएका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७५, बिहिबार  १ : २९ बजे