मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नुवाकोट दुर्घटना अपडेट् : १० जनाको घटनास्थलमै मृत्यु , मृतकको सङ्ख्या अझै धेरै बढ्न सक्ने



मङ्शिर २८, काठ्माण्डौ-

नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं १ को घ्याङफेदीमा आज साँझ ठुलो शङ्ख्यामा मानबिय क्षति सहितको दुर्घटना भएको छ।

आइचरमा दुर्घटना हुँदा त्यसमा सवार सवार मध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको जानकारी प्राप्त भएको छ।।

शुक्रबार भएको दूर्घटनामा ४० जना यात्रु सवार रहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले जानकारी दिए ।

ठूलो संख्यामा यात्रुहरु हताहत भएको भन्ने जानकारी आएको भएपनि कति यात्रुको ज्यान गयो भन्नेबारे यकीन विवरण नआईसकेको बताए । बा३ख ३९१३ नम्बरको आइचर मिनिट्रक सडकबाट ७ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

‘घटनास्थलमा प्रहरी जाँदैछ । प्रहरी पुगेर विस्तृत जानकारी दिएपछि मात्रै दुर्घटनाको बारेमा थप बताउन सकिने प्रहरी श्रोतले जनाएको छ ।

दुर्घटनामा परेको मिनिट्रकमा सवार यात्रुहरु शिखरबेसीस्थित घ्यावामा गएर फर्किँदै थिए ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार  १ : ३६ बजे