मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस महासमिती बैठक काठ्माण्डौमा शुरु: भव्य समारोहबिच सभापति देउवाले गरे उद्घाटन



मङ्शिर २९,काठ्माण्डौ-

काठ्माण्डौमा कांग्रेस महासमिती बैठक बिधिवत शुरु भएको छ ।

सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा आयोजित भव्य समारोहमा कांग्रेस सभापति शेरबहादुर देउवाले दीप प्रज्वलन सहित काङ्ग्रेसको चुनाव चिन्ह रुखमा जलार्पण गरेर महासमिति बैठकको उद्घाटन गरेका छन ।

आजको उद्घाटन समारोहमा देशैभरिका निर्वाचित महासमिति सदस्य, पार्टीको केन्द्रीय समिति, भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनित महासमिति सदस्य, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक लगायत कांग्रेसका हजारौ शुभेच्छुक हरु सहभागी छन् ।

उद्घाटन सत्रमा बोल्ने अधिकाम्श नेताहरुले देशमा बिकाश र सम्बृद्दी काङ्ग्रेसले मात्रै दिना सक्ने ब ताउदै कम्युनिष्ट नेतृत्वको बर्तमान सरकार सबैतिर असफल भैसकेको बताएका छन ।नेताहरुले अहिलेको जटिल अवस्थाआमा काङ्ग्रेस भित्रका सबै एक्जुट हुनुपर्नेमा समेत जोड दिएका छन ।

‘गौरवमय इतिहास, जिम्मेवार वर्तमान र उज्यालो भविष्य’ नारा सहित शुरु भएको महासमिति बैठक स्थल को प्रबेश द्वार अघाडी अग्रज स्वर्गीय नेताहरु बिपी कोइराला, सुवर्णशम्शेर जबरा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका ऐतिहासिक तस्बिरहरु प्रदर्शनिमा राखिएको छ ।

पुस १, २ र ३ गते बिहान ८ देखि बेलुकी ५ बजेसम्म बन्दसत्र चल्ने बन्दसत्रमा उपसभापति निधिले तयार गरेको राजनीतिक प्रस्ताब्, महामन्त्री डा कोइरालाले तयार गरेको साङ्गठनिक प्रस्ताब्, महामन्त्री पूर्णबहादुर खड्काले तयार गरेको विधान संशोधन प्रस्ताब्, सहमहामन्त्री डा प्रकाशशरण महतले तयार गरेको आर्थिक प्रस्ताब र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन माथी देशैभरका महासमिती सदस्य हरुले समुहगत रुपमा छलफल गर्नेछन ।

२०७२ सालमा सम्पन्न पार्टीको १३ औँ महाधिवेशनपछि हुन लागेको यो पहिलो महासमिति बैठक हो भने अन्य पार्टी लगायता धेरैले नजिक बाट हेरिरहेको बैठक समेत हो ।पछिल्लो समय देखिएको पार्टिभित्रको गुट्गत अस्वस्थ प्रतिसिपर्धाको नितिगत समाधान यस बैठकले खोज्ने अपेक्षा गरिएको छ ।यो महासमिती बैठकले सुस्त हुँदै गएको कांग्रेसको साङ्गठनिक र बैचारिक अभियानलाई बर्तमानको आवश्यकता अनुसार नयाँ ब्यख्या र ब्यबस्था गरेर पार्टिलाई नयाँ मार्ग बाट अघाडी बढन ढोका खोल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७५, शनिबार  १० : ५३ बजे