मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुतेकै अवस्थामा दक्षिण कोरियामा शनिबार एक नेपालीको मृत्यु



मङ्शिर २९, काठ्माण्डौ-

दक्षिण कोरियाको याङजीमा सुतेकै अवस्थामा शनिबार एक नेपालीको मृत्यु भएको छ।

मृत्यु हुनेमा काभ्रेका सुजन थापा रहेको कोरियाका लागि नेपाली श्रम कन्सुलर डिल्लीराम बाँस्तोलाले जानकारी दिए।

चार वर्ष पहिले कोरिया आएका थापा थाइराइडको समस्याबाट पीडित रहेको र केही दिन यता रोग पुनः बल्झिएको मृतकका भाइले बताए।

कोरियामा पछिल्लो ११ महिनाको अन्तरमा सुतेकै अवस्थामा मृत्यु हुने वैधानिक नेपाली कामदारको संख्या ६ पुगेको छ।

प्रकाशित मिति : २९ मंसिर २०७५, शनिबार  ११ : ०५ बजे