मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस महासमिति बैठकमा बिभिन्न प्रतिवेदनमाथि समूहगत छलफल सुरु : पार्टिलाई नयाँ जिबन दिने अपेक्षा



पौष १, काठ्माण्डु-

नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेस गरिएका प्रतिवेदनमाथि आइतबारदेखि समूहगत छलफल सुरु भएको छ।

शनिबार सुरु भएको महासमितिको बैठकमा पदाधिकारीहरूद्धारा पेस गरिएका विभिन्न प्रतिवेदनमा आइतबारदेखि सुरु भएको हो।

बन्द सत्रमा महामन्त्री डा शशांक कोइरालाले ‘साङ्गठनिक प्रतिवेदन’, कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको ‘लेखा प्रतिवेदन’ र सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको ‘आर्थिक प्रस्ताव’ पेश गरेका छन् ।

बन्दसत्रमा छलफलका लागि आर्थिक, सांगठनिक, राजनीतिक, लेखा परीक्षण प्रतिवेदन सहभागीहरुलाई शनिबार साँझ नै वितरण गरिएको र पेस गरिएका प्रतिवेदनमा प्रादेशिक संरचनाअनुसार समूह बनाइ छलफल सुरु भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। समूहहरूबाट आएका सुझाव मंगलबार एकत्रित गरी साझा प्रस्ताव पारित गरिने शर्माले बताए

विधान संशोधनको मस्यौदामा भने सहमति जुट्न बाँकी रहेको जनाइएको छ । सहमतिपछि केन्द्रीय समितिले पारित गरी बैठकमा विधान संशोधन प्रस्ताव पेश गरिने जनाइएको छ ।

२०७२ सालमा सम्पन्न पार्टीको १३ औँ महाधिवेशनपछि हुन लागेको यो पहिलो महासमिति बैठक हो भने अन्य पार्टी लगायता धेरैले नजिक बाट हेरिरहेको बैठक समेत हो ।पछिल्लो समय देखिएको पार्टिभित्रको गुट्गत अस्वस्थ प्रतिसिपर्धाको नितिगत समाधान यस बैठकले खोज्ने अपेक्षा गरिएको छ ।यो महासमिती बैठकले सुस्त हुँदै गएको कांग्रेसको साङ्गठनिक र बैचारिक अभियानलाई बर्तमानको आवश्यकता अनुसार नयाँ ब्यख्या र ब्यबस्था गरेर पार्टिलाई नयाँ मार्ग बाट अघाडी बढन ढोका खोल्ने अपेक्षा गरिएको छ ।

शनिबार सुरु भएको महासमितिको बैठकमा ७७ जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका गरी एक हजार ७ सयभन्दा बढी प्रतिनिधि एवं पर्यवेक्षकको सहभागिता छ । बैठक पुस ३ गते समापन हुने जनाइएको छ । मङ्सिर २९ गते बैठक शुरु भएको हो ।

प्रकाशित मिति : १ पुस २०७५, आइतबार  ८ : ०६ बजे