मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरामा गणतन्त्र बिरोधी नारा, पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत



पोखरा पुस, २–

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागत गरिएको छ । सोमबार बिहान पोखरा विमानस्थलमा पूर्वराजाका समर्थकहरुले राष्ट्रिय झण्डा बोकेर गणतन्त्रविरोधी नारा लगाएका हुन् ।

राजतन्त्रका समर्थकहरुले गणतन्त्रलाई फाँसी दे भन्दै नारा लगाएका छन् । नारा लगाउने क्रममा राष्ट्रिय झण्डाको समेत प्रयोग गरिएको छ । ज्ञानेन्द्रका समर्थकहरुले गणतन्त्रलाई फाँसी दे, संघीयता खारेज गर, हिन्दु राष्ट्र कायम गर जस्ता नारा लगाएका थिए ।

सयौंको संख्यामा विमानस्थल अगाडि भेला भएका उनीहरुले हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्दै नारा लगाएका थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबारदेखि पोखराको निजी भ्रमण गर्दैछन् । उनी एक साता यहाँ रहने कार्यक्रम छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले गणतन्त्रलाई आत्मसाथ गर्दै नागरिक भएर बस्ने घोषणा गरिसकेका छन् । तर, उनको नाममा यसरी गणतन्त्र, संघीयता र संविधानकै बर्खीलापमा नाराबाजी भएकोमा पूर्वराजाको सहमति छ या स्वतस्फूर्त भएको हो भन्ने खुलेको छैन ।

प्रकाशित मिति : २ पुस २०७५, सोमबार  २ : २६ बजे