पौष २,काठ्माण्डौ-
४५ दिन लगायर फिल्म ‘जिस्म २’को छायांकन सम्पन्न भएको छ । राजु गिरि प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘जिस्म’को सिक्वेल हो । देशका बिभिन्न स्थानमा खिचिएको यो फिल्म चैतको अन्तिम साताबाट प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण टिमले जनाएको छ ।
सुचिन्द्र परियारको निर्देशनमा निर्माण भएको फिल्ममा योगेश काजि र लक्ष्मण पौड़ेलको संगीत, अशोक खड्काको द्वन्द रहेको फिल्ममा राजेन्द्र बिकको लगानी रहेको छ । फिल्ममा रमेश विश्वकर्मा, नमिता खड्का, रेजिना भण्डारी,सुरबीर पण्डित, शारदा गिरी, मदन सिटौला, सुधन धिताल, रिचर्ड रसाईली, प्रज्वल भित्रीकोटी, सुचीन्द्र परियार, रोशन थापा लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।