मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्सामा तस्करहरुको हुलले आक्रमण गर्दा तीन प्रहरी घाइते



वीरगञ्ज पुस, ३–

पर्सामा तस्करले प्रहरीमाथि आक्रमण गरेर हतियार खोसेका छन् । जगन्नाथपुर गाउँपालिका–१, पाँडेपुरमा तस्करको आक्रमणमा ३ प्रहरी घाइते भएका छन् ।

मंगलबार बिहान प्रहरी चौकी पिडारीगुठीको गस्तीमा रहेको प्रहरी टोलीमाथि आक्रमण भएको हो । आक्रमणमा नेपाल प्रहरीका असई विष्णुदेव यादव, प्रहरी हवल्दार प्रेमबहादुर राना र अर्जुन चौधरी घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ ।

तस्करले आक्रमण गरेर हतियारसमेत लुटे पनि घटनास्थलभन्दा केही परबाट बरामद भएको प्रहरीले जनाएको छ ।

तस्करले मोटरसाइकलमा भारततर्फ लैजाँदै गरेको डिजेलसहित दुई व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै आक्रमण भएको पर्सा प्रहरीले जनाएको छ ।
बाइकमा डिजेल ल्याउँदै गरेकालाई गस्तीमा रहेको प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेपछि उनीहरु भागेका थिए । पछि भागेका तिनैले आफ्नो समूह बोलाएर प्रहरीमाथि नै आक्रमण गरेका थिए । करिब २० जनाको समूहमा रहेका तस्कर थोरै संख्यामा रहेका प्रहरीमाथि आक्रमणमा उत्रिएका थिए । आक्रमणपछि उनीहरु भारततर्फ भागेका थिए ।

प्रकाशित मिति : ३ पुस २०७५, मंगलबार  ७ : ३३ बजे