पौस ३,काठ्माण्डौ-
पछिल्लो समय अत्याधिक बायु प्रदुषणका कारण बिहान धेरै हिड्डुल नगर्न चिकित्सकरुले सुझाब दिइरहेका बेला बढ्दो प्रदुषण नियन्त्रणको माग राख्दै नेपाल विद्यार्थी संघले ‘माक्स मुभमेन्ट’ अभियान सञ्चालन गरी रहेको छ ।
सरकारलाई दबब दिन काठ्माण्डौ भित्रका निजी क्यम्पसहरुमा समेत बिधार्थी र शिक्षकहरुले समेत ‘माक्स मुभमेन्ट’ अभियान अङ्कित मास्क प्रयोग गरिरहेका र यो क्रम बढ्दो क्रममा रहेको नेपाल विद्यार्थीसंघका केन्द्रिय सदस्य एबम अभियानका सम्योजक नवराज त्रिपाठीले बताए ।
प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा जीउन पाउँने अधिकार माग गर्दै संघले केन्द्रीय सदस्य नवराज त्रिपाठीको संयोजकत्वमा बिधार्थीहरुको बिचमा उक्त अभियान सञ्चालन भइरहेको छ ।
काठ्माण्डौ भित्रका त्रीभुवन बिश्वबिधालय केन्द्रिय क्याम्पस्,मिन भवन कमर्श क्याम्पस्, नेपाल इन्जिनियरिङ्ग क्याम्पस्,एन्सिआइटी कलेज्,क्याथ्फोर्ड कलेज्, र सिटिइभिटिइ अन्तर्गतका बिभिन्न क्याम्पसहरुमा क्याम्पस भित्रको शैक्षिक बाताबरणलाई असर नपुग्ने गरी अभियानको लोगो अङ्कित मास्क प्रयोग गरेर बिधार्थीहरुलाई बाताबरण प्रती सचेत गराउदै सरकारलाई दबाब दिन बिधार्थीहरु सकृय रहेका छन ।
तेस्तै आगामी बिहिबार भृकुटिमन्डपबाट अभियानको लोगो अङ्कित बृहत मास्क जुलुस सहित काठ्माण्डौ महानगरपालिकाको कार्यलय पुगेर नगर प्रमुखलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको र उक्त जुलुशमा काठ्माण्डौका अधिकाम्श क्याम्पशका बिधार्थीहरु सम्लग्न रहने सम्योजक त्रिपाठीले न्यू स्ञ्चारलाई बताए ।