मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अध्यक्ष राइले गरे खोरमा थुनेर राखिएकि पिडित महिलाको उद्दार र उपचारको प्रबन्ध



पुस ३, खोटाङ्-

विगत लामो समयदेखी मानसिक रोग लागेर खोरमा थुनेर राखिएकि दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीकी स्थानीय ३३ वर्षीया तामाङलाई उद्धार गरिएको छ ।

दिप्रुङ चुइचुमा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले उद्दार गरी रमिलालाई उपचारमा पठाएका छन्। मानसिक सन्तुलन गुमाएकी रमिलालाई गाउँपालिकाको रोहबरमा मंगलबार खर्चसहित उपचारका लागि काठमाडौँ लगिएको छ।

केही समय अगाडी उपचारका लागि धरान लगिए पनि उपचार हुन नसक्दा घरमा ल्याएर बन्धक बनाइएकी पीडितलाई मंगलबार बिहान अध्यक्ष भूपेन्द्र राईको पहलामा उद्दार गरी उपचारका लागी काठ्माण्डु पठाइएको हो । । चारैतिर जाली र काठको कोठा बनाएर बन्धक बनाएको फोटोसहित सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आज गाउँपालिका प्रमुख भुपेन्द्र राईको नेतृत्वमा पत्रकार र प्रहरी सहितको टोली पुगेर उनको उद्दार गरेको हो ।

अध्यक्ष राइको यस कदमको स्थानिय जनता, बुद्दिजिबि,पत्रकार सबैले समर्थन गरेका छन ।

प्रकाशित मिति : ३ पुस २०७५, मंगलबार  १ : ४७ बजे