मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस बिधानका बारेमा विवाद बल्झिएको बल्झियै : महासमिती बैठक थप लम्बिने सङ्केत



काठमाडौं पुस, ४–

विधानमा सहमति जुटाएको २४ घण्टा नवित्दै नेपाली कांग्रेसमा फेरि विवाद बल्झिएको छ। विवाद बढेपछि केन्द्रीय समिति बैठकले विधान पारित गर्न नसकेको हो । बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा पूर्णबहादुर खड्काले प्रस्तुत गरेको विधान पारित हुन नसकेको हो।

बैठकमा बोल्दै केन्द्रीय सदस्यले पदाधिकारीदेखि तलसम्म विधान समावेशी नभएको भन्दै आपत्ति जनाएका हुन्। बैठकमा बोल्दै वीरबहादुर बलायर, महेन्द्र यादव, गगन थापा, रीता गुरुङले विधान अपुरो भएको बताएका हुन् ।

नेता थापाले आरक्षण एकपटक मात्र पाउनुपर्ने विषय विधानमै समेट्नुपर्ने धारणा राखे। अन्य नेताले भने पदाधिकारीमा मधेसी, जनजाति र महिलाको प्रतिनिधित्व हुन नसकेको भन्दै आपत्ति जनाए।

यता प्रवक्ता विश्वप्रकाश शर्माले भने सहमति भएको विधान केन्द्रीय समितिमा पेश भएको र अर्को बैठकले पारित गर्ने दाबी गरे। ‘विधान केन्द्रीय समितिमा पेश भएको छ’, प्रवक्ता शर्माले भने, ‘अर्को बैठकले पारित गर्छ।’

कांग्रेसले केन्द्रीय समितिबाट विधान पारित गरेर महासमितिमा पेश गर्ने तयारी गरेको थियो। बुधबारको बैठकमा सहमति नजुटेपछि महासमितिमा विधान पेश गर्ने तयारी पूरा हुनसकेको छैन ।

प्रकाशित मिति : ४ पुस २०७५, बुधबार  १० : ०० बजे