मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठ्माण्डौ महागरपालिका उपप्रमुख हरिप्रभा खड्गिलाई नेविसंघको मास्क : प्रदुषण बिरुद्द उत्र्यो नेविसंघ



पुस ५’काठ्माण्डौ-

कांग्रेस महासमिति बैठक चल्दै गर्दा कांग्रेस भात्री संगठन नेपाल विद्यार्थी संघ भने काठमाडौँ उपत्यकामा बढ्दै गएको वातावरणीय प्रदूषण कम गर्न माग गर्दै सरकार बिरुद्द प्रदर्शनमा उत्रीएको छ।

आज काठ्माण्डौको प्रदर्शनी मार्गबाट शुरु भएको हजारौ बिधार्थी सहभागी बिरोध जुलुश भद्रकाली, शहिदगेट हुँदै महानगरपालिकाको कार्यलय अगाडि पुगेर रोकिएको थियो।

स्वास फेर्न दे सरकार !, बाच्न दे सरकार ! जस्ता नारा लेखेको मास्क लगाएर महानगरपालिका पुगेको बिधार्थीको जुलुशले महानगरपालिकाको कार्यालय समेत घेराउ गरेको थियो ।

महागरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई वातावरणीय प्रदूषणक कम गर्न माग गर्दै नेविसंघले ज्ञापन पत्र बुझाएको छ भने महागरपालिकाका उपप्रमुख हरिप्रभा खड्गिलाई संघका महामन्त्री कुन्दनराज काफ्लेले अभियानको लोगो अङ्कित मास्क लगाइदिएर काठ्माण्डौको वातबरण प्रती महानगरपालिकाको जिम्मेवारि रहेको स्मरण गराए ।

काठ्माण्डौको प्रदूषणले विद्यार्थी र सर्बसाधारण सबैको स्वास्थ्यमा प्रतिकुल असर पारेको भन्दै प्रदूषण कम गर्ने कार्यक्रम तत्काल लागू गर्न माग गर्दै उक्त प्रदर्शनीको आयोजना गरिएको नेविसंघका केन्द्रीय सदस्य तथा मास्क मुभमेन्टका संयोजक नवराज त्रिपाठीले बताए।

प्रकाशित मिति : ५ पुस २०७५, बिहिबार  १ : २५ बजे