मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुण्डा नाइके दीपक मनाङ्गे थुनामुक्त



काठमाडाैं –

गुण्डा नाइके दीपक मनाङ्गे थुनामुक्त भएका छन्। डिल्लीबजार कारागारमा रहेका मनाङ्गेलाइ सर्वाेच्च अदालतकाे आदेश बमाेजिम थुनामुक्त गरिएको हो ।

 पुनरावेदन अदालत (अहिलेको उच्च अदालत) पाटनले ज्यान मार्ने उद्योग सम्ब न्धिको  सुनाएको ५ वर्ष कैद फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि उनी जेलमा रहेका थिए। सर्वोच्च अदालतले गत माघमा पुनरावेदनकाे फैसला सदर गरेपछि उनी फरार रहेका थिए। फरार रहेका मनाङ्गेलाइ गत वैशाख ६ गते साँझ स्वयम्भुबाट पक्राउ गरेको थियाे।

सर्वोच्च अदालतले उनको मुद्दा पुनरावलोकन गर्न आदेश दिएपछि उनी शुक्रबार धरौटी बुएर रिहा भएका हुन ।

मनाङ्गे प्रदेश ४ का प्रदेश सभा सदस्य समेत भएकोले थुनाबाहिर रहेर मुद्दा लड्न पाउने मुलुकी ऐनको सुविधा प्रयोग गर्दै बाहिर निस्केपछि मनाङेको सांसद पद के हुने भन्ने प्रश्न उठेको छ।

प्रकाशित मिति : ६ पुस २०७५, शुक्रबार  २ : ४८ बजे