मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्डले यसरी सम्झिए माओको योगदान



काठमाडौं पुस, ११–
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिनियाँ जनक्रान्तिका नेता माओत्से तुङको जन्मजयन्तीको अवसरमा एक शुभकामना सन्देश दिँदै श्रमजीवी जनताका लागि माओको योगदान अविस्मरणीय रहेको बताएका छन् ।

उनले आज एक शुभकामना सन्देशमार्फत महान् नेता माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक राष्ट्र चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिको प्रक्रियामा अगाडि बढाउनुभएको स्मरण गरेका हुन् ।

अध्यक्ष प्रचण्डले माओले विकास गर्नुभएको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचार समृद्ध नेपाल निर्माणका लागि स्मरणीय रहेको बताए ।

प्रकाशित मिति : ११ पुस २०७५, बुधबार  ६ : ५५ बजे