काठमाडौं पुस, १२–
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज पनि बस्दै छ । पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले जवाफ दिने कार्यक्रम रहेको छ । अध्यक्ष ओलीले बैठकमा उठेको जिज्ञासाहरूको जवाफ दिएपछि प्रतिवेदन सुझाव सहित पारित गर्ने नेकपाको योजना रहेको एक नेताले बताए ।
यसअघि बुधबार अर्का अध्यक्ष पुष्पकमल दाहालले बैठकमा झण्डै दुई घण्टा आफ्नो धारणा राखेका थिए । उनले हिँजोको बैठकमा पनि आफनो तर्फबाट अलग प्रस्ताव राखेका छन ।
बैठक अपरान्ह तीन बजे बस्ने कार्यक्रम रहेको छ ।