मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज बस्ने नेकपाको बैठकमा जवाफ दिने पालो अध्यक्ष ओलीको



काठमाडौं पुस, १२–
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज पनि बस्दै छ । पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले जवाफ दिने कार्यक्रम रहेको छ । अध्यक्ष ओलीले बैठकमा उठेको जिज्ञासाहरूको जवाफ दिएपछि प्रतिवेदन सुझाव सहित पारित गर्ने नेकपाको योजना रहेको एक नेताले बताए ।
यसअघि बुधबार अर्का अध्यक्ष पुष्पकमल दाहालले बैठकमा झण्डै दुई घण्टा आफ्नो धारणा राखेका थिए । उनले हिँजोको बैठकमा पनि आफनो तर्फबाट अलग प्रस्ताव राखेका छन ।

बैठक अपरान्ह तीन बजे बस्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १२ पुस २०७५, बिहिबार  ५ : २८ बजे