मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्मलाको न्यायका लागि आन्दोलनरत नागरिक संघर्ष समितिको आन्दोलन स्थगित



काठमाडौं पुस, १४–
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको न्यायिक आन्दोलनमा होमिएको नागरिक संघर्ष समितिले आन्दोलन स्थगित गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

पुर्व घोषित कार्यक्रम अनुसार दुई दिन आन्दोलन स्थगित गरिएको नागरिक संघर्ष समितिले जनाएको छ । शुक्रबार नागरिक संघर्ष समितिको बैठकले भीमदत्त नगरपालिकाले गर्न लागेको जैविक म्याराथुन दौड प्रतियोगिता सफल पार्न आन्दोलन स्थगित गरेको हो ।

नागरिक संघर्ष समिति कञ्चनपुरका प्रवक्ता नरबहादुर साउदले भीमदत्त नगरपालिकाले जैविक मार्गमा १५ पुसमा आयोजना गर्न लागेको म्याराथुन दौड प्रतियोगिता २०७५ लाई मध्य नजुर गर्दै (पुष १४ र १५ गते) आन्दोलन रोकिएको बताए ।

‘हामीले आन्दोलन पूर्ण स्थगित गरेका होईनौँ, ‘उनले भने, ‘केबल जैविक मार्गको कार्यक्रमलाई हेरेर दुई दिनको लागि मात्रै रोकेका हौँ ।’ प्रवक्ता साउदका अनुसार भीमदत्त नगरको सम्बृद्धि र दिगो विकासका लागि आयोजना हुन लागेको कार्यक्रम सफल पार्नका लागि आन्दोलन स्थगित गरिएको छ ।

संघर्ष समितिको पुर्व घोषित कार्यक्रम अनुसार १४ पुसमा कञ्चनपुर बन्द र १५ पुसमा महेन्द्रनगर बजारमा बृहद र्‍याली थियो । अब उक्त कार्यक्रम पुर्व निर्धारित समयमा नभई १६ र १७ गते हुने तय भएको छ ।

नागरिक संघर्ष समितिका सदस्य एवं अधिकारकर्मी शारदा चन्दले भीमदत्त नगरकै गौरबको योजना जैविक मार्ग भएकाले नगरको विकासका लागि कोही बाधक बन्न नहुने बताएन् ।

नागरिक संघर्ष समिति कञ्चनपुरका संयोजक मिना भण्डारीले आन्दोलनले मात्रै न्याय नपाइने भएकाले पुनः १८ पुसमा बैठक राखेर थप आन्दोलनका कार्यक्रम घोषणा गरिने बताइन् ।

प्रकाशित मिति : १४ पुस २०७५, शनिबार  ३ : २६ बजे