सुनचाँदीको मूल्य घट्यो, तोलामा कति पुग्यो ?



काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ ।

सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार यस दिन छापावाल सुनको मूल्य तोलाको तीन लाख ११ हजार १०० रुपैयाँ तोकिएको छ । बुधबार छापावल सुन प्रतितोला तीन लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ८५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला पाँच हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ २१, २०८३ बिहीबार  १० : ५९ बजे