मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

परराष्ट्रमन्त्री ज्ञवाली भारतीय विदेशमन्त्री स्वराजको दिवाभोजमा सहभागी



काठमाडौं पुस, २६–
भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका भारतीय समकक्षी सुष्मा स्वराजबीच भेटवार्ता भएको छ । बिहीबार नयाँ दिल्लीमा रहेको भारतीय विदेश मन्त्रालयमा   उनीहरुबीच भेटवार्ता भएको हो । परराष्ट्र मन्त्रालयले  नेपाल भारतको सम्बन्धको विभिन्न विषयमा छलफल हुनुका साथै द्वीपक्षीय सहयोगमा सञ्चालित परियोजनाको प्रगतिको समीक्षा भएको जनाएको छ ।
उनीहरुले हालै भएका उच्च स्तरीय भ्रमणको स्मरण गर्दै ती भ्रमणले वर्षौदेखिको समानता, आपसी समझदारी, एक अर्काको सम्मान र द्वीपक्षीय हितका आधारमा सञ्चालित सम्बन्ध सुदृढ बनाउन योगदान पुगेको बताएका थिए ।

नेपाली परराष्ट्रमन्त्रीको सम्मानमा भारतीय विदेशमन्त्री स्वराजले दिवाभोज दिएकी छन् । परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार विहान भारतको नयाँ दिल्ली पुगेका हुन् । उनी चौथो राइसिना डायलगमा भाग लिन गएका हुन् ।

प्रकाशित मिति : २६ पुस २०७५, बिहिबार  १० : १४ बजे