मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज २९७ औँ पृथ्वी जयन्ती मनाइँदै



काठमाडौं पुस, २७–
आज पुस २७, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९७ औँ जयन्ती मनाइँदैछ। राष्ट्रनिर्माता शाहको योगदानको स्मरण गर्दै सरकारी तथा गैरसरकारी संघसंस्थाले सिंहदरबारको पश्चिमढोका अगाडि रहेको शाहको शालिकमा माल्यार्पणका साथै अन्य कार्यक्रम गर्दैछन् । उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीलगायत अन्य बिशिष्ट व्यक्तिको सहभागीता रहने बताईएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आधुनिक नेपाल निर्माता शाहको तस्वीर सजाएर बग्गीमा राखेर विशेष बाजागाजासहित कमलादीबाट सिंहदरबारसम्म शोभायात्रा गर्ने कार्यक्रम रहेको छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कार्यक्रमको आरम्भ गर्नेछन्। शाह गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका छोराका रूपमा १७७९ पुस २७ गते जन्मेका थिए। तत्कालीन समयमा काठमाडौँ उपत्यका, सिम्रौनगढ र सिँजा केन्द्र भएको राज्य शक्तिशाली थिए। तीन केन्द्रअन्तर्गत बाइसे र चौबीसे राज्य अस्तित्वमा थिए। शाह १७९९ चैतमा गोरखाको राजा भएपछि नुवाकोट १८०१ र काठमाडौँ उपत्यका १८२५–२६ र पछि पूर्वका सेन राज्य विजय गरेका थिए। शाहको फौजले एकीकरणका क्रममा दोस्रो आक्रमणमा विसं १८०१ असोज १५ गते नुवाकोट जितेको थियो। उक्त स्थानबाट शुरु गरिएको एकीकरण बढ्दै गएर काठमाडौँ उपत्यका र पछि पूर्वतिर विजय गरे पनि उनको कार्यकालमा नभई भाइ र छोराहरूले पश्चिमतिर सिमाना बढाए। शाहका कान्छा छोरा बहादुर शाहको पालामा नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भयो।

प्रकाशित मिति : २७ पुस २०७५, शुक्रबार  २ : २२ बजे