मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्रीको कुटाईले दुखाई बढेपछि सचिव झा अस्पताल भर्ना



काठमाडौं पुस, ३०–
आइतबार प्रदेश २ का मन्त्रीबाट कुटिएका सचिव विद्यानाथ झा अस्पताल भर्ना भएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले कुटपीट गरेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव झा आइतबार राति नै जनकपुरस्थित केयर नर्सिङ होममा उपचारको लागि भर्ना भएका हुन् । सचिव झा को परिवारले जनाए अनुसार कुटपिटबाट घाइते भएकाले उनलाई अस्पताल भर्ना गर्नुपरेको हो । झाको मुख सुन्निएको, दाँया हातमा चोट लागेको र कम्मर दुखेका कारण अस्पताल भर्ना गरिएको हो । झा कि श्रीमती अनामिकाले झाको अस्पतालको शैय्यामा उपचार गराइरहेको तस्वीर फेसबुकमा राखेकी छन् ।

सचिव झालाई आइतबार दिउँसो मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाइ कुटपीट गरेको झाको आरोप छ । आफूले भने अनुकुलको एनजीओमा कार्यक्रम नपर्दा उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्रालयका सचिव झालाई मन्त्री यादवले आफ्नो कार्यकक्षमै बोलाएर प्रदेश २ का सभामुख सरोज यादवकै सामुन्ने कुटपिट गरेका थिए ।

त्यस्तै प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीले सचिव विद्यानाथ झालाई कुटपीट गरेको घटना विषयमा छानबिन सुरु भएको बताएका छन् । आइतबार घटना पश्चात् आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा गठित ३ सदस्य टोलीले सोमबारबाट छानबिन सुरु गरेको हो ।

प्रकाशित मिति : ३० पुस २०७५, सोमबार  ८ : ४० बजे