मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माघे सक्रान्ती पर्बका अबसरमा नेपाली कांग्रेसद्वारा देशबासिहरुलाई शुभकामना ब्यक्त



माघ १,काठ्माण्डौ-

नेपाल भित्र बिभिन्न रुपमा मनाइने माघे सक्रान्ति(मकसक्रान्ति)पर्बका अबसरमा नेपाली कांग्रेसले सबै नेपालीहरुलाई शुभकामना ब्यक्त गरेको छ ।

पार्टिका तर्फबाट शभापती शेर बहादुर देउबाले जारी गरेको शुभकामना सन्देशमा नेपालका विभिन्न जातजातिहरुले माघे सक्रान्तिलाई विशेष पर्वका रुपमा मनाउँदै आएको उल्लेख गर्दै नेपाल प्राचीन कालदेखि विभिन्न जात, जातिहरुको बसोबासको संगम स्थल भएकोले यहाँ विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाँडपर्वहरुको आफ्नो बेग्लै विशेषता रहेको र एकले अर्काका भाषा, सस्कृती र चाडबाड्लाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा रहेको उल्लेख गरिएको छ ।

साथै सन्देशमा भौगोलिक, जातीय र सांस्कृतिक विविधतामा रहेको नेपालमा मनाइने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा सबैलाई प्रेरित गर्दै सामाजिक सद्भावना वढाउन सकोस भन्ने कामना गर्दै सबै नेपालिको घरपरिवारमा सुख, शान्ति र समृद्धिको लागी नेपाली कांग्रेसले शुभकामना ब्यक्त गरेको छ ।

प्रकाशित मिति : १ माघ २०७५, मंगलबार  ७ : ०७ बजे