मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटन क्षेत्र नै समृद्ध नेपालको मुख्य आधारः उपराष्ट्रपति



काठमाडौं माघ, २–
उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणको प्रमुख आधार पर्यटन क्षेत्र भएको बताएका छन् । पोखरा बुद्धचोकमा खुलेको होटल टास्क इन्टरनेशनलको बुधबार उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सरकारले पर्यटन, कृषि, जलविद्युत् (ऊर्जा) र जडीबुटीलाई समृद्धिको आधारका रुपमा लिनुपर्ने बताए ।

‘नेपालमा पर्यटनका लागि भौतिक पूर्वाधार कम छन्, पूर्वाधार स्थापना गरेर गुणस्तरीय पर्यटक भित्र्याउनु अहिलेको आवश्यकता हो ।’ उनले भने ।

पर्यटकको सुविधाका लागि सुविधा सम्पन्न होटल तथा रेष्टुरेन्ट आवश्यक रहेकोमा जोड दिँदै उनले देशका विभिन्न भागमा समेत होटल व्यवसाय विस्तार गरिनुपर्ने बताए ।

देशले लामो राजनीतिक अस्थिरताबाट स्थायित्व प्राप्त गरेकाले युवा पिँढीलाई स्वदेशमै उद्योग व्यवसायमा लाग्न प्रेरित गर्नु आवश्यक रहेको उनको भनाइ छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश सरकार उद्योगी व्यवसायीलाई लगानीको लागि वातावरण बनाउने बताए ।

सन् २०२२ मा प्रदेश सरकारले पर्यटन वर्ष घोषणा गरेको र २० लाख पर्यटक भित्र्याउने उद्देश्यलाई सफल बनाउन सुविधा सम्पन्न होटल विस्तार हुनुपर्ने खाँचो उनले औल्याए ।

होटल सञ्चालक मीनराज गुरुङले १८ करोड एकल लगानीमा निर्माण गरेको १० तले भवनमा सुविधा सम्पन्न ३२ कोठा, एक अपार्टमेन्ट तथा तीन सेमिनार हल छन् ।

प्रकाशित मिति : २ माघ २०७५, बुधबार  ६ : ४१ बजे