ओली नेतृत्वको बर्तमान सरकार सबैभन्दा नाकाम सरकार : प्रो. डा. सुरेन्द्र केसी



माघ्२,काठ्माण्डौ-

विगत लामो समय देखी नेपाली राजनीतिको चिरफार गर्दै आउनु भएका प्रो.डा. सुरेन्द्र केसीले देशमा ठूलाठूला युद्ध र आन्दोलनहरु भएपनि जनताका लागि वास्तविक परिवर्तन ल्याउन राजनीतिक दलहरु र यसका नेताहरु चुकेको बताउँदै एक्काइसौं शताब्दीमा क्रान्तिको नयाँ मोडल खोज्नुपर्ने र मोडललाई मुक्त गराएर छाड्नु पर्ने कुरामा जोड दिएका छन् ।

उनले वर्तमान ओलीको सरकार सबैभन्दा नाकाम सरकार भएको औंल्याउँदै यसले देश र जनताका लागि भलो हुने कुनै पनि काम गर्न नसक्ने ठोकुवा गरेका थिए कम्युनिष्ट सिध्याउने खेलमा लागेको क्रिश्चियन को होली वाइन शेचन गरेर सोल्टी होटलमा प्रधानमन्त्रीको कार्यालय नै सार्ने र रासोबासो त्यही गराउने ओली न त कम्युनिष्ट रहेको न त देशभक्त रहन सकेको बताएका हुन ।

जनयुद्ध लडेर पनि त्यसको उपलब्धिको संरक्षण गर्न नसकेको भन्दै कम्युनिष्ट नेताहरु र पार्टीहरुले देश र जनताका लागि खेलवाड गर्न नहुने कुरामा जोड थिए ।देशभक्त जनगणतान्त्रिक नेपालले आयोजना गरेको अग्रगामी विकल्पको तयारी नामक अन्तक्रीया कार्यक्रममा यस्तो वताएका हुन ।

प्रकाशित मिति : माघ २, २०७५ बुधबार  ७ : १३ बजे