मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गैरकानुनी रुपमा प्रेस सल्लाहकार राख्दै जनप्रतिनिधि



काठमाडौं माघ, ११–सुदूरपश्चिमको प्रदेशका स्थानीय निकाएका जनप्रतिनिधिहरुले गैरकानुनी रुपमा प्रेस सल्लाहकार तथा सहयोगी राखेको आरोप लागेको छ । आफूखुसी कानुनमा नभएको काम जनप्रतिनिधिले गरेको भन्दै अख्यिार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिम क्षेत्रीय कार्यालयले छानबिन गर्ने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सुदूरपश्चिम क्षेत्रीय प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालले स्थानीय तहमा जनप्रतिनिधिले कानुनविपरित लिएको स्वकीय सचिव रु सहयोगीका विषयमा अनुसन्धा सुरु गरिकएको जानकारी दिए । यो समाचार आजको नेपाल समाचार पत्रमा विमल विष्टले लेखेका छन् ।

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार  २ : २२ बजे