मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बितेको २८ वर्षपछि नारायणगोपालको नयाँ संगीत भेटियो, रामकृष्ण ढकालले स्वर दिने



काठमाडौं माघ, ११–
‘स्लो बिट’को हार्मोनियम धुनमा गुनगुनाइरहेको पुरुष स्वर छ । धुन र गुनगुन दुवैले नारायणगोपालको पना चिनाउँछ । स्वरसम्राट् नारायणगोपाल बितेको २८ वर्षपछि उनले रियाज गरिरहेको अडियो रेकर्ड भेटिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा अजवी पौड्यालले लेखेका छन् ।

त्यही धुनमा शब्द, स्वर र वाद्यवादन भरेर पुनर्जीवन दिइने भएको छ । केही समयअघि फेला परेको उक्त संगीतमा विष्णुबाबु देवकोटाको शब्द, प्रदीप श्रेष्ठको एरेन्ज (वाद्यसंयोजन) र रामकृष्ण ढकालले स्वर दिनेछन् ।

नारायणगोपालका गीत संगीत र उनका अप्रकाशित सामग्रीको खोजी गर्दै आइरहेका नवराज लामाले उक्त धुन फेला पारेका हुन् ।

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार  २ : ३६ बजे