मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस सांसदद्वारा राष्ट्रियसभा बैठकमा अवरोध, १५ मिनेटलाई बैठक रोकियो



काठमाडौं माघ, १४–
नेपाली कांग्रेसकासांसदहरूले अवरोध गरेपछि राष्ट्रियसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
सोमबार विहान ११ शुरु भएको बैठकमा बद्री पाण्डेले बोलेपछि काँग्रेस सांसदहरूले आसनबाट उठेर विरोध जनाएका हुन ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पटक पटक आग्रह गर्दा पनि अवरोध जारी रहेपछि १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन ।

बैठकमा प्रमुख प्रतिपक्ष काँग्रेसको विरोधकाबीच प्रतिनिधिसभाबाट बहुमतले पारित ‘राष्ट्रिय चिकित्सा विधेयक, २०७५’ टेबुल गर्ने कार्यसूचि छ ।

सरकारले आफुसँग गरेको सम्झौता विपरीत विधेयक ल्याएको भन्दै डा. गोविन्द केसी २० दिनदेखि अनसनरत छन् ।

आजको बैठकमा महिला, बालबालिका तथा जेष्ठ नगारिक मन्त्री थममाया थापाले जेष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्ने कार्यसूची छ ।

यस्तै, अर्थमन्त्री डा. युवराज खतिवडाले निवृत्तभरण कोष विधेयक, भुक्तानी तथा फछ्र्यौट विधेयक र नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

प्रकाशित मिति : १४ माघ २०७५, सोमबार  ६ : २५ बजे