कांग्रेस सांसदद्वारा राष्ट्रियसभा बैठकमा अवरोध, १५ मिनेटलाई बैठक रोकियो



काठमाडौं माघ, १४–
नेपाली कांग्रेसकासांसदहरूले अवरोध गरेपछि राष्ट्रियसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
सोमबार विहान ११ शुरु भएको बैठकमा बद्री पाण्डेले बोलेपछि काँग्रेस सांसदहरूले आसनबाट उठेर विरोध जनाएका हुन ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पटक पटक आग्रह गर्दा पनि अवरोध जारी रहेपछि १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन ।

बैठकमा प्रमुख प्रतिपक्ष काँग्रेसको विरोधकाबीच प्रतिनिधिसभाबाट बहुमतले पारित ‘राष्ट्रिय चिकित्सा विधेयक, २०७५’ टेबुल गर्ने कार्यसूचि छ ।

सरकारले आफुसँग गरेको सम्झौता विपरीत विधेयक ल्याएको भन्दै डा. गोविन्द केसी २० दिनदेखि अनसनरत छन् ।

आजको बैठकमा महिला, बालबालिका तथा जेष्ठ नगारिक मन्त्री थममाया थापाले जेष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्ने कार्यसूची छ ।

यस्तै, अर्थमन्त्री डा. युवराज खतिवडाले निवृत्तभरण कोष विधेयक, भुक्तानी तथा फछ्र्यौट विधेयक र नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

प्रकाशित मिति : माघ १४, २०७५ सोमबार  ६ : २५ बजे