मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनाङेले लिए प्रदेशसभा सदस्यको सपथ



पोखरा माघ, १४–
प्रदेशसभा सदस्य निर्वाचित राजीव गुरुङ उर्फ दिपक मनाङेले पद तथा गोपनीयताको सपथ लिएका छन्। मनाङ ‘ख’ बाट निर्वाचित मनाङेलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सपथ ग्रहण गराएका हुन्।
सर्वोच्चको आदेशमा मनाङे थुनामुक्त भएता पनि मुद्दा फैसला नभएको हुँदा सपथग्रहण दिने कि नदिने विषयमा प्रदेशसभामा अन्यौल रहेको थियो। गत पुस ११ गते मनाङेले सपथका लागि निवेदन दिए पनि पुस २२ गते आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले उनलाई तत्काल सपथ ग्रहण नगराउने निर्णय गरेको थियो।

सभामुख नेत्रनाथ अधिकारीले समितिको बैठकमा बोल्दै उनलाई तत्काल सपथ गराउन नसकिने बताए थिए। त्यसको भोलिपल्टै मनाङेले सभामुखलाई भेटेका थिए। मनाङेले सभामुखलाई भेटपछि सभामुख अधिकारीले यसबारे पछिमात्रै निर्णय हुने बताएका थिए।

प्रकाशित मिति : १४ माघ २०७५, सोमबार  १२ : ५९ बजे