काठमाडाैं-
क्रीकेटमा द्रुत गतिमा अघी बढी रहेको नेपालले फेरी एउटा महत्वपूर्ण फड्को मारेको छ । पारस खड्काको सानदार शतकमा नेपालले युएई विरुद्धको एकदिवसीय श्रृङ्खला २-१ ले आफ्नो पक्षमा पारेको हो । अन्तिम तथा तेस्रो खेलमा युएईलाई ४ विकेटले पराजित गर्दै नेपालले एकदिवसीय श्रृङ्खला आफ्नो पक्षमा पारेको हो। यसअघि भएको पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपालले त्यसपछिको खेलमा उत्कृष्ट पुनरागमन गर्दै युएईलाई १ सय ४५ रनले पराजित गरेको थियो।
नेपालको जितमा पारस नायक रहे। उनले तेस्राे तथा अन्तिम खेलमा सर्वाधिक १ सय १५ रन बनाए। उनले १ सय ९ बलको सामना गर्दै १५ चौका १ छक्काको मद्दतमा १ सय १५ रन जोडेका हुन्। यस्तै उनी एकदिवसीय क्रिकेटमामा सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत बनेका छन्। यसअघि सन् २०१८ मा युएईसँगै भएको डिभिजन-२ को फाइनलमा समेत पारसले शतक प्रहार गरेका थिए। उनले उक्त खेलमा ११२ रन बनाएका थिए।