मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्रिकेटमा नेपालको फडको : पहिलाे एकदिवसीय सिरिजकाे उपाधि कब्जा



काठमाडाैं-

क्रीकेटमा द्रुत गतिमा अघी बढी रहेको नेपालले फेरी एउटा महत्वपूर्ण फड्को मारेको छ । पारस खड्काको सानदार शतकमा नेपालले युएई विरुद्धको एकदिवसीय श्रृङ्खला २-१ ले आफ्नो पक्षमा पारेको हो ।  अन्तिम तथा तेस्रो खेलमा युएईलाई ४ विकेटले पराजित गर्दै नेपालले एकदिवसीय श्रृङ्खला आफ्नो पक्षमा पारेको हो। यसअघि भएको पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपालले त्यसपछिको खेलमा उत्कृष्ट पुनरागमन गर्दै युएईलाई १ सय ४५ रनले पराजित गरेको थियो।

नेपालको जितमा पारस नायक रहे। उनले तेस्राे तथा अन्तिम खेलमा सर्वाधिक १ सय १५ रन बनाए। उनले १ सय ९ बलको सामना गर्दै १५ चौका १ छक्काको मद्दतमा १ सय १५ रन जोडेका हुन्।  यस्तै उनी एकदिवसीय क्रिकेटमामा सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत बनेका छन्। यसअघि सन् २०१८ मा युएईसँगै भएको  डिभिजन-२ को फाइनलमा समेत पारसले शतक प्रहार गरेका थिए। उनले उक्त खेलमा ११२ रन बनाएका थिए।

प्रकाशित मिति : १४ माघ २०७५, सोमबार  ३ : ३० बजे