काठमाडौं माघ, १५–
पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच एकिकरण हुने भएको छ । राप्रपा प्रजातान्त्रिकका एक नेताका अनुसार यही माघ १८ मा राजधानीमा एकता घोषणा गर्न लागिएको हो । एकता अन्तिम चरणमा पुगेको बताईएको छ । कमल थापा नेतृत्वको राप्रपासँगको एकता अन्तिम समयमा भाँडिएपछि दुई पार्टी एक हुन लागेको हो ।
गत साल सम्पन्न निर्वाचनमा राप्रपा प्रजातान्त्रिले ८८ हजार ३७७ र राप्रप्रा राष्ट्रवादीले २८ हजार ८२८ मत प्राप्त गरेको थियो ।
माघ १५, २०७५ मंगलबार
प्रकाशित मिति : माघ १५, २०७५ मंगलबार ८ : ३६ बजे








