मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुशासन र आर्थिक विकास मार्फत देशमा समानता कायम गरिन्छः प्रधानमन्त्री ओली



काठमाडौं माघ,१६–
प्रधानमन्त्री केपी शर्मा ओलीले अब कसैले पनि अधिकारका लागि शहीद हुनु नपर्ने बताएका छन् ।
शहीद सप्ताहको अन्तिम दिन आज काठमाडौं महानगरपालिकाद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
‘हिजो राज्यले जनता र सेना प्रहरीलाई आपसमा भिडाएर मारामारको स्थिती सृजना गथ्र्यो । अब त्यस्तो अवस्था छैन’ प्रधानमन्त्री ओलीले भने, ‘अब त्यस्तो अवस्था छैन । हामीले अधिकारका लागि लडिने लडाईं पुरा गरेका छौं । अधिकारका लागि फेरी आन्दोलन गरेर कसैले अब शहीद हुनु पर्दैन ।’
प्रधानमन्त्री ओलीले देशमा संघीय लोकतन्त्रको स्थापना भएपछि अधिकारको समानता भएको उल्लेख गरेका छन् । ‘हामीले अधिकारमा समानता हासिल गरिसकेका छौं’ प्रधानमन्त्री ओलीले भने, ‘अबको अवस्थामा पनि समानता स्थापित गर्ने चरणमा हामी छौं ।’ सुशासन र आर्थिक विकास मार्फत देशमा समानता कायम गरिने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले प्रकृतिले धनी बनाएको देशलाई मानिसले गरिब बनाउन नसुहाउने बताए । ‘नेपाललाई प्राकृतिले सम्पन्न र धनी देश बनाएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘मानिले यस देशलाई गरिब बनाउनु हुदैन । यी स्रोत र साधनको प्रयोग गरेर थप समृद्ध बनाउनु पर्दछ ।’
प्रधानमन्त्री ओलीले सबैलाई लोभ,लालच र भ्रष्टाचार त्याग्न आग्रह गर्नुभएको छ । ‘आज सहीद दिवशको दिन । आजै संकल्प गरौं अब कसैले पनि भ्रष्टाचार नगारैं । देशको सबभन्दा ठुलो समयस्या भ्रष्टाचार हो । यसबाट देशलाई मुक्त गरौं ।’ सरकार देश र जनताप्रति निष्ठावान भएकोले आग्रह पूर्वाग्रह विना काम गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले कार्यक्रममा लैनचौरस्थित शहीद स्मारकमा माल्यर्पण समेत गरेका छन् ।

प्रकाशित मिति : १६ माघ २०७५, बुधबार  ५ : ४७ बजे