मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आफ्ना विद्यार्थीलाई झुटा मुद्दा लगाएको विरोधमा वानेश्वरमा नेविसंघको प्रदर्शन, अध्यक्ष महरसहित ६ जना पक्राउ



काठमाडौं माघ, २२–
नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महरसहित विद्यार्थी नेता पक्राउ परेका छन् । पोखरामा नेविसंघका विद्यार्थीमाथि झुटा मुद्दा लगाएको भन्दै प्रदर्शन गरिरहेका नेविसंघका अध्यक्ष महरसहित नेता कार्यकर्तालाई प्रहरीले काठमाडौंको वानेश्वरबाट पक्राउ गरेको हो ।
नेविसंघले पोखरामा सरकारी गाडीमाथि आगजनी गरिएको सम्बन्धमा नेविसंघका विद्यार्थीमाथि झूटा मुद्दा लगाएको भन्दै प्रदर्शन गरिरहेको थियो । सोही प्रदर्शनमा अध्यक्ष महरसहित विद्यार्थीलाई पक्राउ गरिएको नेविसंघका नेता उत्तम साउँदले जानकारी गराए ।
उनका अनुसार अध्यक्ष महर, उपाध्यक्ष नविन राई र नेताहरू सञ्जीव खड्का र सञ्जीव ढकाललाई पक्राउ गरिएको छ । पोखरा घटनामा सरकारी गाडीमा आगजनी गर्दै नियत नहुँदा–नहुँदै पनि चालकको प्रतिवादका कारण तोडफोड र आगजनी भएको भन्दै नेविसंघले मंगलवार वानेश्वरमा प्रदर्शन गरिरहेको थियो । नेविसंघले झूटा मुद्दा लगाइएका विद्यार्थीको रिहाइको माग गरेको छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ८ : ०५ बजे