काठ्माण्डौ-
आउदो फागुन ३ देखि देशभर एकैसाथ प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जोकर’ को ‘म हु जोकर्’ बोलको शिर्ष गीत रिलिज भएको छ । गितमा सुगम पोख्रेलको शब्द,संगीत र स्वर रहेको छ भने गितको भिडियो लाई दिपक मदन सिंहले कोरियोग्राफी गरेका छन ।
मोडल सिम्पल खरेलले यसै चलचित्र मार्फत चलिचित्रक्षेत्रमा डेब्यु गरेकी छन । विशेष पन्तको लेखन रहेको यस चलचित्रमा सुरेन्द्र केसी, शिव शंकर रिजाल, अन्जु थापा, बाल कलाकार रिहानराज गिरि, नवराज श्रेष्ठ, मेरी बांसैकि अप्सरा, राजेन्द्र गिरि, विनोद राई, बिशेष पन्त, र नव नायिका सिम्पल खरेलको अभिनय रहेको छ भने चलचित्रलाई गणेश श्रेष्ठ , कर्ण बहादुर तामाङ्ग , केदार प्रसाद रईला , सामन र रेहान तथा कुमार सिलवालले संयुक्त रुपमा निर्माण गरेका छन । चलचित्र यहि आउदो फागुन ३ देखि देशभर एकैसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ । चलचित्रलाई रिच ईन्टरटेर्मेण्ट अर्थात् करण श्रेष्ठ क्रेजीले बितरण गर्दै छन । चलचित्रले दर्शकलाई भरपुर मनोरञ्जन दिने आशा गरिएको चलचित्रका बितरक करण श्रेष्ठ क्रेजीले न्यू स्ञ्चारलाई बताए ।
भिडियो हेर्नुहोस्-