मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माधव नेपालको आरोपः जनअपेक्षा अनुरुप काम गर्न सरकार लरबरियो



हेटौंडा माघ, २७–
नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । आज हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले सरकारको लरबरिएको जस्तो भान भएको बताए । उनले सरकारको कमजोरी पार्टी सचिवालयमा गम्भीर रुपमा छलफल हुने पनि बताए ।

नेता नेपालले दुई पार्टीबीच एकीकरणको सबै प्रक्रिया चाडै टुङ्गिने बताएका छन् । उनले पार्टीको सबै तहमा हुने एकीकरण प्रक्रियामा कसैको गोजीको, नाता पर्ने होइन असल, पार्टी सञ्चालन गर्न सक्ने व्यक्ति एकीकृत संगठनको अध्यक्ष हुने बताए ।
उनले संगठनको निर्माण ढिला हुँदा काममा समस्या भएको भन्दै संगठनलाई चुस्त दुरुस्त बनाउन पनि एकीकरण प्रक्रिया टुंगो लगाउनुपर्ने धारणा राखे ।

नेता नेपालले भने, ‘आजको आवश्यकता एकीकरण भए पनि संगठन निर्माणको नाउँमा गोजीबाट निकालेको ब्यक्तिलाई नेतृत्व दिन सकिदैन ।’
नेता नेपालले नेपाली कांग्रेस फ्रस्टेसनको शिकार भएको आरोप लगाए । नेपाली कांग्रेसले भ्रष्ट्राचार न्युनीकरण, सामजिक कुरितको विषयमा विरोध गर्नु राम्रो भए पनि विना कारणको माग राख्दै आन्दोलन गर्नुको कुनै तुक नभएको बताए ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ८ : २४ बजे