७ वर्षे प्रेमसम्बन्धपछि वर्षा र सन्जोगको इन्गेजमेन्ट



काठमाडौं माघ, २९–
अभिनेत्री वर्षा राउत र सन्जोग कोइरालाले इन्गेजमेन्ट गरेका छन्। करिब ७ वर्ष लामो प्रेमसम्बन्धलाई सोमबार दुबैले पारिवारिक उपस्थितिमा औंठी साटासाट गरेका हुन्। उनीहरुले पारिवारिक सहमतिमा नै विहे गर्न लागेका हुन् । फागुन २ गते उनीहरुले विवाह गर्दैछन् ।
इन्गेजमेन्टको तस्वीर उनीहरुले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका हुन्।

प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार  ६ : ३७ बजे