मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यसकारण राजतन्त्र फर्किन सक्ने पशुपतिशमशेरको भविष्यवाणी



काठमाडौं माघ, २९–
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशम्शेर राणाले नेपालमा राजतन्त्र फर्किन सक्ने दाबी गरेका छन् । उनले यस्तै भए नेपालमा राजतन्त्र पनि फर्किन सक्ने बताएका हुन् ।
अध्यक्ष राणाले सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवै असफल भएकाले राजतन्त्र फर्किनसक्ने बताएका हुन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष राणाले भने, ‘यो एक वर्षमा सरकार पनि असफल र प्रमुख प्रतिपक्षी दल कांग्रेस पनि असफल भयो। दुवै असफल भए। उनीहरूले अवसरको सदुपयोग गर्न सकेनन्।’ उनले सरकार र प्रमुख प्रतिपक्षी दल कांग्रेसले मौकाको सदुपयोग गर्न नसकेको गम्भीर आरोप लगाए। सरकार र प्रमुख प्रतिपक्षी दुबै असफल भैसकेकाले अब आफूहरुको पालो आएको अध्यक्ष राणाको भनाइ छ ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचारमुक्त देश बनाउँछु भनेर सार्वजनिक भाषण गरेपनि व्यवहारमा त्यस्तो नभएको उनले प्रष्ट पारे ।

उनले भने, ‘बूढीगण्डकीको ठेक्का प्रक्रिया नै नगरी एउटा कम्पनीलाई किन दिइयो ? यसरी दिँदा भ्रष्टाचार भयो कि भएन ? म प्रश्न गर्न चाहन्छु।’ त्यस्तै उनले वाइड बडी जहाज खरिद गर्दा पनि ठूलो घोटाला भएको आरोप लगाए। कूटनीतिक क्षेत्रमा पनि सरकारले सन्तुलन कायम गर्न नसकेको राणाले आरोप लगाए। उनले भने,‘अहिले कूटनीतिक सन्तुलन गुमेको छ। हामी एकतिर ढल्केका छौं।’

उनले भेनेजुयला प्रकरणमा पनि वक्तव्य जारी गरेर अमेरिकासँग जोहोरी खोज्ने काम गरेको भन्दै सरकार तथा नेकपाको आलोचना गरे।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  १० : १८ बजे