मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निकै तामझामका साथ ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा



काठमाडौं फागुन, १–
सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को घोषणा गरेको छ । बुधबार एक कार्यक्रमकाबीच नागरिकलाई कम्तिमा एक सय दिन रोजगार दिने सरकारले प्रतिबद्धता रहेको गरेको हो । सरकारले कडा प्रकृतिको मापदण्डकाबीच बेरोजगारलाई भत्ता प्रदान गर्ने पनि जनाएको छ ।
नेपालमा हाल बेरोजगारहरुको एकिन तथ्याङ्क नभएकाले शुरुमा बेरोजगारको कुल तथ्याङ्क संकलन गर्ने सरकारको लक्ष्य रहेको छ ।

त्यसका लागि सरकारले प्रत्यक स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने जनाएको छ । जहाँ एक जना रोजगार संयोजक रहने छ । बेरोजगार व्यक्तिको दर्ता कार्य भने चैत्र १ गते देखि शुरु गर्ने सरकारको लक्ष्य छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ९ : ५८ बजे