मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘भ्यालेन्टाइन डे’ कै दिन लगनगाँठोमा बाँधिए नायिका बर्षा र संजोग



फागुन २,काठ्माण्डौ-

अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले सुटुक्क गरेको भनिएको बिहेका तस्बिरहरु सामाजिक सञ्जालमा जताततै देखिएका छन ।यधपी सुटुक्क बिहे गर्ने योजना अनुसार उनिहरुको बिबाह भएको हो । ।  ‘भ्यालेन्टाइन डे’ का दिन  जोडी लगनगाँठोमा बाँधिएको हो।

बिहेका बेला खिचाइएका तस्बिरमा वर्षा र संजोग प्रफुल्लित देखिएका छन ।

मिडियालाई टाढै राखेर काठमाडौंको पाँचतारे होटल र्याडिसनमा भएको बिहेमा वर्षा र  संजोगका निकट आफन्तहरु मात्र उपस्थित भएका छन्।

झण्डै ८ वर्षअघि फिल्म ‘सरी ल’ को अडिसनको क्रममा वर्षा र संजोगबीच चिनजान भएको थियो। यो जोडीले ‘एउटा यस्तो प्रेम कहानी’ नामक फिल्ममा सँगसँगै अभिनय पनि गरेको छ।

बिहेको दोस्रो दिन अर्थात् फागुन ३ गते बिहे भोजको कार्यक्रम तय गरेका छन् जहाँ फिल्मकर्मी, मिडियाकर्मी र उनीहरुका आफन्तहरुलाई निम्त्याइएको छ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहिबार  १० : ११ बजे