भारतको चर्चित टेलिभिजन शो सारेगमप लिटिल च्याम्पिएनमा १२ बर्षिय आयुष केसीको दमदार प्रस्तुती



काठमाण्डौ-
-एजेन्सी

पछिल्लो समय भारतमा हुने सङ्गितिका रियालिटी शो हरुमा नेपाली प्रतिस्पर्धी हरु बढी रहेका र सबैको मना जितिरहेका छन ।

यसैबिच भारतको चर्चित टेलिभिजन शो सारेगमपा लिटिल च्याम्पिएनमा १२ बर्षका आयुष केसीले दमदार प्रस्तुती दिएका छन् ।

आयुष अब शीर्ष १५का लागि भिड्दै छन् । सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको मोर्डन बोर्डिङ स्कुल कक्षा ७ मा पढ्ने बिधार्थी हुन ।   यतिबेला  पुरा भारत र नेपाल सहित विश्वभरि नै आयुषको चर्चा भइरहेको छ । अहिले जी टिभीले रिलिज गरेको प्रोमो र आयुषको प्रस्तुति सामाजिक सन्जाल र डिजिटल मिडियामा भाईरल भएको छ ।

नेपालमै २ बर्ष अगाडि प्रशारण भएको पहिलो राष्ट्रव्यापी बालगायन कार्यक्रम ‘सुरशाला जुनियर आइडल’मा प्रथम भएका आयुषको पहिलो प्रस्तुति भोली शनिबार प्रसारण हुँदैछ ।

प्रकाशित मिति : फाल्गुन ३, २०७५ शुक्रबार  ३ : ०४ बजे