काठमाडौं फागुन, ५–
नेपाली कांग्रेसले संसदीय सुनुवाई समितिको आइतबारको बैठक पनि बहिष्कार गरेको छ । कांग्रेसले संवैधानिक आयोगमा सिफारिस पदाधिकारीको सुनुवाइको विषयमा छलफल गर्न बसेको आजको बैठक बहिष्कार गरेको हो ।
संवैधानिक परिषदले मुख्य बिपक्षी दलका नेताको अनुपस्थितिमा प्रक्रिया नपु¥याई विभिन्न पाँच संवैधानिक आयोगका अध्यक्ष सिफारिस गरेको भन्दै कांग्रेसले सुनुवाइ समितिको बैठक बहिस्कार गरेको हो। यसअघि पनि कांग्रेसले बैठक बहिष्कार गरेको थियो।
कांग्रेसले बहिस्कार गरे पनि आइतबार बसेको समितिको बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा सिफारिस बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा सिफारिस शान्तराज सुवेदीको फागुन ७ गते दिउँसो १२ बजे सुनुवाइ गर्ने निर्णय गरेको छ।
५ फाल्गुन २०७५, आइतबार
0
Shares