मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पशुपति शर्माको गीत बजाउदै माइतीघरमा सरकारविरुद्ध प्रदर्शन



काठमाडौं फागुन, ५–
विवेकशील नेपाली दल समर्थित युवाहरुले गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीतप्रति समर्थन जनाउँदै माइतीघरमा प्रदर्शन गरेका छन्। उनीहरुले राजधानीको माइतीघर लगायत देशका विभिन्न स्थानमा सार्वजनिकरुपमा गीत बजाउँदै प्रदर्शन गरेका हुन्। माइतीघरमा उनीहरुले शर्माको गीत बजाउँदै अभिव्यक्ति स्वतन्त्रता प्रति प्रहार नगर्न चेतावनी दिएका हुन् । शर्माको गीत बजाएर उनीहरुले नाँचगान समेत गरेका थिए ।

उनीहरुले ‘कम्युनिस्ट सरकार कि पञ्चायत रिटर्न्स ? भ्रष्टाचार बन्द गर्ने कि भ्रष्टाचारविरुद्धको गीतरु ओली सरकार वाक् स्वतन्त्रता खोइ रु जस्ता प्ले कार्ड बोकेका थिए। सामाजिक सञ्जाल समेत शर्माको समर्थनमा रंगिएको छ। शर्माले शनिबारसाँझ गीत युट्युवबाट हटाएको घोषणा गरेका थिए। उनले गीत हटाए पनि सामाजिक सञ्जालमा गीत भाइरल भइरहेको छ।

नेकपा कार्यकर्ताहरुले राष्ट्रपतिको हेलिकोप्टर प्रसंग, यमराजको शासन, दलका कार्यकर्तालाई कुकुर भनेको विषयमा विरोध जनाएका थिए।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  १ : ४८ बजे