कमल थापा नेतृत्वको राप्रपाका एक महामन्त्रीसहित २२ जनाले पार्टी परित्यागको घोषणा गरेका छन् । महामन्त्री जयन्त चन्दसहित २२ जनाले पार्टी परित्याग गर्ने घोषणा गरेका हुन् । पार्टी परित्याग गर्नेमध्ये १४ जना केन्द्रीय सदस्य रहेको दाबी गरिएको छ। बाँकी ८ जना पार्टीका विभिन्न विभाग र निकायको महत्वपूर्ण जिम्मेवारीमा रहेको महामन्त्री जयन्त चन्दको दाबी छ ।
चन्दले आफूसहितका २२ नेताले राप्रपा परित्यागको निर्णय लिएको रातोपाटीलाई बताए । उनले रातोपाटीसँग भने, ‘विगतदेखि नै हामीले ३ वटै राप्रपा एक हुनुपर्छ भन्दै र प्रयास गर्दै आएका हौं तर सो प्रयास सफल हुन नसकेपछि १४ केन्द्रीय सदस्यसहित २२ जनाले पार्टी परित्यागको निर्णय लिएका छौं ।’