मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महामन्त्रीसहित २२ जनाले पार्टी परित्यागको घोषणा गरेपछी कमल थापाको बिजोक



कमल थापा नेतृत्वको राप्रपाका एक महामन्त्रीसहित २२ जनाले पार्टी परित्यागको घोषणा गरेका छन् । महामन्त्री जयन्त चन्दसहित २२ जनाले पार्टी परित्याग गर्ने घोषणा गरेका हुन् । पार्टी परित्याग गर्नेमध्ये १४ जना केन्द्रीय सदस्य रहेको दाबी गरिएको छ। बाँकी ८ जना पार्टीका विभिन्न विभाग र निकायको महत्वपूर्ण जिम्मेवारीमा रहेको महामन्त्री जयन्त चन्दको दाबी छ ।

चन्दले आफूसहितका २२ नेताले राप्रपा परित्यागको निर्णय लिएको रातोपाटीलाई बताए । उनले रातोपाटीसँग भने, ‘विगतदेखि नै हामीले ३ वटै राप्रपा एक हुनुपर्छ भन्दै र प्रयास गर्दै आएका हौं तर सो प्रयास सफल हुन नसकेपछि १४ केन्द्रीय सदस्यसहित २२ जनाले पार्टी परित्यागको निर्णय लिएका छौं ।’

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  २ : २४ बजे